
EPS Topik new book 2025 Chapter 3 문화와 정보 CULTURE & INFORMATION 한국의 도시Korea's Cities
Chapter 3 문화와 정보 CULTURE & INFORMATION 한국의 도시Korea's Cities **संस्कृति र जानकारी दक्षिण कोरियाका सहरहरू** दक्षिण कोरियामा एउटा विशेष सहर (सउल) र एउटा विशेष स्वायत्त सहर (सेजोङ) तथा छवटा महानगरीय सहरहरू (इञ्चन, डेजोन्, डेगु, बुसान, उल्सान, ग्वाङ्जु) रहेका छन्। सउल दक्षिण कोरियाको सबैभन्दा ठूलो सहर हो, जुन राजनीति, अर्थतन्त्र र संस्कृतिको केन्द्रबिन्दु मानिन्छ। इञ्चन र ग्योंग्गी प्रान्तसँग मिलेर यसले राजधानी क्षेत्र (सउल महानगरीय क्षेत्र) बनाउँछ, जहाँ दक्षिण कोरियाली जनसंख्याको ५०% भन्दा बढी मानिस बसोबास गर्छन्। इञ्चन दक्षिण कोरियाको प्रमुख प्रवेशद्वार हो, जहाँ इञ्चन अन्तर्राष्ट्रिय विमानस्थल र इञ्चन बन्दरगाह अवस्थित छन्। सेजोङ विशेष स्वायत्त सहर सन् २०१२ मा प्रशासनिक कार्यहरू अझ प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि स्थापना गरिएको प्रशासनिक केन्द्र हो। यहाँ शिक्षा मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय जस्ता धेरै सरकारी निकायहरू अवस्थित छन्। सेजोङको छेउमै रहेको डेजोन् भने यातायात र विज्ञानको केन्द्र हो, जहाँ केन्द्रीय रेल मार्ग (ग्यङ्बुसेन) र होनाम रेल मार्ग (होनामसेन) जस्ता महत्त्वपूर्ण रेल मार्गहरू रहेका छन्। बुसान दक्षिण कोरियाको दोस्रो ठूलो सहर हो, जहाँ विश्वस्तरीय बुसान बन्दरगाह अवस्थित छ। साथै, यसको सुन्दर समुद्री किनारका कारण धेरै पर्यटकहरू भ्रमण गर्छन्। बुसानको छेउमै रहेको उल्सान भने अटोमोबाइल, जहाज निर्माण र भारी उद्योगहरूको प्रमुख सहर हो। यसका साथै, दक्षिण कोरियाको दक्षिणपूर्वी भाग ग्यङ्साङ प्रदेशमा रहेको डेगु कपडा उद्योगको केन्द्र हो। दक्षिणपश्चिमी भाग चोल्ला प्रदेशमा रहेको ग्वाङ्जु भने संस्कृति र कलाको प्रमुख सहर मानिन्छ।